चितवन । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई छाडिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले गिद्ध प्रकृतिमा छोडेका हुन् । सो अवसरमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया, निकुञ्जको मध्यवर्ती क्षेत्र…