१ पुस २०८२, मंगलबार | December 16, 2025

दूध बिक्री गर्ने कृषकलाई १८ लाख अनुदान वितरण

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका-५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी…