१ पुस २०८२, मंगलबार | December 16, 2025

पहिरोले थुनिएको गुर्जा खोलामा पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टामा शनिबार दिउँसो पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको छ,’ उनले भने, ‘थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौँ…