नवलपरासी (बर्दघाट-सुस्तापूर्व) । सोमबार बेलुकादेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं.१ र २ जोड्नका लागि शेरामा निर्माणाधीन पुलको स्ल्याब र बिम बगाएको हो । बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे…