काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको निर्वाचन समयमा नै हुने दाबी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार जंगीअड्डाबाट सम्बोधन गर्दै उनले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताएका हुन । ‘निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ ।…