पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउन आइतबारदेखि डोजर चलाएको छ । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दाका रूपमा रहेको फिर्केखोला अतिक्रमण हटाएर करिडोर निर्माण गर्ने उद्देश्यसहित महानगरले अभियान थालेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा बिहान १० बजेदेखि फिर्केखोलाका तीन स्थानबाट एकसाथ डोजर परिचालन गरिएको हो ।…