टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका…