म्याग्दी । धवलागिरि गाउँपालिका-७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् । शिविरमा धवलागिरि-७ ताकमका साथै धवलागिरि-२ लुलाङ, वडा नम्बर ३ मुना र वडा नम्बर ४ खिबाङका सर्वसाधारणले…