काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा चितवन राइनोजका ब्याटर कुशल मल्लले प्रहार गरेको छक्काले एक अनौठो-तर दुखद-घटना घटेको छ । जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै गर्दा उनले प्रहार गरेको बलले लागेर एक चियरलिडर घाइते भएकी छन् । चितवनले पहिले ब्याटिङ गरेको उक्त खेलमा अन्तिम ओभरमा कुशल मल्ल आक्रामक बनेका थिए । उनले तेस्रो…