काठमाडौं । पोखराको लिची बगान जग्गा घोटालासँग जोडिएको घुस डिल प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार विशेष अदालतमा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो।उनीहरुविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।…