गुल्मी । गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका-८ र मुसिकोट नगरपािलका-५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि सडकमा आवागमन खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधनप्रसाद कठरियाको नेतृत्वमा प्रहरी…