काठमाडौं । अमेरिकी सरकारको निर्णयसँगै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)लाई निरन्तरताको बाटो खुलेको छ। अमेरिकी वैदेशिक सहयोग कार्यक्रमअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)लाई विशेष छुट दिँदै कार्यान्वयनलाई अगाडि बढाउने निर्णय भएपछि एमसीए–नेपालले त्यसको स्वागत गरेको हो। बुधबार जारी विज्ञप्तिमा एमसीए–नेपालले भनेको छ, 'अमेरिकी वैदेशिक सहायता कार्यक्रम स्थगनको सन्दर्भमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि विशेष…