१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

प्रधानमन्त्रीले पद छोड्नुपर्छ, कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएको दमनप्रति तीव्र आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल पदबाट हट्न माग गरेका छन्। सामाजिक सञ्जाल एक्स मार्फत सोमबार राति सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले अबोध युवामाथि भएको गोलीकाण्डले सिंगो देशलाई निदाउन नदिएको उल्लेख गरेका छन्। “अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखै अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो…