२१ भदौ २०८३, आइतबार | September 6, 2026

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु



काठमाडौं । काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गर्दै काठमाडौंको चक्रपथभित्रको सबै भूभागमा बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार संस्था तथा कूटनीतिक नियोगका सवारी साधन, साथै हवाई टिकट देखाउने यात्रुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

कर्फ्यु लागू क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन् ।

जेनजी युवाले हिजो आह्वान गरेको प्रदर्शनको क्रममा सरकारले निर्मम दमन गर्दै १९ युवाको हत्या र साढे चारसय बढीलाई घाइते बनाको थियो । त्यसविरुद्ध आज थप आन्दोलन हुने डरले प्रशासनले बिहानैबाट कर्फ्यू लगाएको हो ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ८ : ०६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका