काठमाडौं । काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गर्दै काठमाडौंको चक्रपथभित्रको सबै भूभागमा बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेको हो। कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको…