म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका प्राकृतिक तातोपानीका मुहान जलविद्युत् आयोजनाका कारण सङ्कटमा परेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र निर्माण हुन लागेका जलविद्युत् आयोजनाको सुरुङबाट पानी बग्ने भएपछि किनारमा रहेका तातोपानीको मुहान सुक्ने र आर्थिक, सामाजिक, वातावरणीय रुपमा असर पुग्ने स्थानीयवासीको चिन्ता छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा आज…