७ आश्विन २०८३, बुधबार | September 23, 2026

रक्तसञ्चार केन्द्रमा छैन रगत वर्गीकरण गर्ने मेसिन



तुलसीपुर । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट मेसिन) नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ ।

रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिजमात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन । कसैलाई सेतो रक्तकोषिका चाहिएको हुन्छ, त्यसका लागि कि त घोराहीबाट कि त नेपालगञ्जबाट ल्याउनुपर्ने हुन्छ । अहिले पनि महिनामा २० जनाभन्दा बढीलाई सेतो रक्तकोषिका चाहिने गरेको छ, तर त्यो रगत नहुँदा कुनै बिरामीलाई ‘होलब्लड’ नै दिने गरिएको छ । अतिआवश्यक परेमा घोराहीबाट ल्याउने गरिएको छ ।

मेसिन भएमा रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट रगत छुट्याएर जुन बिरामीलाई आवश्यक पर्छ, त्यसैलाई दिन सकिने चौधरीले बताए । माग भइरहे पनि उक्त मेसिन नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । हाल कम्पोनेन्ट मेसिन घोराहीमा मात्र छ । रेडक्रसले घोराहीमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा मात्र कम्पोनेन्ट मेसिन छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहयोगमा रु ३५ लाखमा उक्त मेसिन ल्याइएको हो । हाल जिल्लामा सोही मेसिनबाट नै काम चलाउने गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत विश्राम अधिकारीले बताए ।

उनले भने, “अहिले घोराहीमा त मेसिन छ, तर त्यो पनि बिग्रियो भने कि त बुटबल जानुपर्छ कि भने नेपालगञ्ज जानुपर्छ । अहिले कम्पोनेन्ट मेसिन नभएकै कारण धेरै बिरामी जिल्लाबाट रेफर गर्नुपर्ने अवस्था छ ।”

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : ४८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज