काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह लगाएका छन । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन । सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताए । मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न, अपराध…