बुटवल । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वर्तमान सरकारले ल्याएको बजेटलाई अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी भएको बताएका छन् । शनिबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सिमाना जोडिएका पालिकासँगको सहकार्य र संयुक्त अभ्यास विषयक अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै नेता खाँणले, “नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरपछि अहिलेका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट सबैभन्दा राम्रो छ,”…