भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीले विमानस्थल सञ्चालनका लागि आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दासँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष लिङ्गदेनले मुआब्जा वितरणमा…