१६ श्रावण २०८३, शनिबार | August 1, 2026

जनैपूर्णिमा विशेष : क्वाँटीको स्वाद र सांस्कृतिक महत्त्व



बुटवल । नेपालीको प्रमुख चाडपर्वमध्ये एक, जनैपूर्णिमा आज देशभर धुमधामका साथ मनाइँदैछ । परापूर्वकालदेखि खस आर्य समुदायले यो पर्वमा जनै फेर्ने र हातमा रक्षा सूचक डोरो (रक्षाबन्धन) बाँध्ने परम्परा पालन गर्दै आएका छन् । यसै दिन नेवाः समुदायले क्वाँटी नामक विशेष परिकार खाएर पर्व मनाउने गर्छन् । पछिल्ला वर्षहरूमा भारतीय परम्पराको प्रभावमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधिदिने चलन पनि नेपालमा फैलिएको छ ।

नेवाः समुदायमा आजको दिनलाई क्वाँटी पुन्ही भनिन्छ। ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाँ’ (तातो) र ‘टी’ (झोल वा सुप) बाट बनेको हो, जसको अर्थ तातो सुप हो ।

जनैपूर्णिमामा नौ थरी गेडागुडीको मिश्रणलाई टुसा उम्राएर पकाई खाने परम्परा छ । यी गेडागुडीमा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउ पर्छन् ।

टुसा उम्रिएका यी गेडागुडीलाई अदुवा, लसुन, जायपत्री, जाईफल जस्ता मसलासहित उमालेर, शुद्ध घ्यूमा ज्वानोले झानेर तयार गरिन्छ । स्वादका साथै शक्ति दिने भएकाले यो परिकारको विशेष मान्यता छ ।

हिन्दू धार्मिक पक्ष

जनैपूर्णिमा ऋषितर्पणी पर्वका रूपमा पनि चिनिन्छ। तागाधारीहरूले धारामा गई माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी विशेष मन्त्रले मन्त्रिएको डोरो बाँधिन्छ । यो डोरो गाई तिहारमा गाईको पुच्छरमा बाँध्दा मृत्युपछि बैतरणी नदी पार गर्न सजिलो हुने जनविश्वास छ ।

यस दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत विभिन्न धार्मिक स्थलमा मेला लाग्ने चलन छ ।

क्वाँटी खाने चलन र फाइदा

वर्षायाममा खेतीपातीका कारण थकित शरीरलाई ऊर्जा दिन र चिसो भगाउन क्वाँटी खाने परम्परा छ । यो परिकारलाई स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायी मानिन्छ-

कब्जियत हटाउँछ, पाचनशक्ति सुधार गर्छ ।

मधुमेह र पायल्सका बिरामीलाई फाइदा पुर्‍याउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

भिटामिन ए, बी, सी, ई र खनिजले भरपूर ।

थकान कम गरी मानसिक तनाव घटाउँछ ।

स्मरणशक्ति सुधार गर्छ ।

सौन्दर्यमा निखार ल्याउँछ ।

एसिडिटी र मूत्रनली संक्रमणमा लाभदायी ।

जनैपूर्णिमा केवल धार्मिक विधिमात्र होइन, स्वास्थ्य, स्वाद र सामाजिक सद्भावको प्रतीक पनि हो । बिहान ब्राह्मणले मन्त्रिएको डोरो बाँध्ने, दिदीबहिनीले राखी बाँध्ने र बेलुका क्वाँटीको स्वाद लिने परम्पराले यो दिनलाई अझै विशेष बनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ६ : १७ बजे

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका