२५ पुस २०८२, शुक्रबार | January 9, 2026

किन भयो ? प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच मध्यरातमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार मध्यरातमा भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । बाहिर फेरि सरकार परिवर्तनबारे चर्चा चलिरहेका बेला सत्ताधारी दुई ठूला घटकका शीर्ष नेताहरुबीचको भेटवार्तालाई…