बुटवल । नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको…