३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

सिरहामा ८० वर्षीय वृद्धको हत्या



सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

मङ्गलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए । “घरमा सुतिरहेकै बेला बुबामाथि आक्रमणमा भएको हुनसक्छ । बिहान अबेरसम्म नउठेपछि खोजी गर्ने क्रममा उहाँलाई गम्भीर घाइते अवस्थामा फेला पारेका थियौँ”, उनले भने ।

घटनापछि उनलाई लहानस्थित प्रादेशिक अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

यसैबीच, प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

प्रहरी नायब उपरीक्षक पासवानका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशङ्का गरिएको छ । उनले भने, “हत्यासम्बन्धी घटनाको अनुसन्धान तीव्र पारिएको छ, दोषी पहिचान भएसँगै कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  २ : ४७ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम