३० चैत्र २०८२, सोमबार | April 13, 2026

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.ले निर्माण गरिरहेको सरकारी भवनको सभाहलमा फार्मा सेटिङका लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया ठाकुरबाबा नगरपालिका–२ का ३५ वर्षीय सरोज थारुको ज्यान गएको प्रहरीले जनाएको छ। थारु कावासोती नगरपालिका–२ मा डेरा गरी बस्दै आएका…