बुटवल । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल रुपन्देही शाखामा शनिबार नयाँ नेतृत्व चयन भएको छ । संघको ७ औँ अधिवेशनले मनबहादुर गुरुङलाई लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा धरवन धरिकार, उपाध्यक्ष बासुदेव रेग्मी, सचिवमा धनबहादुर मगर, सह सचिवमा सन्तराम मौर्य र कोषाध्यक्षमा जंगबहादुर खत्रीलाई चयन गरिएको छ । यसैगरी…