कुन्मिङ । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लाविङ’ जारी रहेको बताएका छन्। छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना–दक्षिण एसिया एक्स्पो तथा २९औँ चाइना कुन्मिङ आयातनिर्यात मेलामा भाग लिन आएका राजदूत डा ओलीले रासससँग कुरा गर्दै सरकारी तथा निजी क्षेत्रको चिनियाँ लगानीसहित नवीन…