काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अघिकारीले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा त्यस्ता गन्तव्यको प्रचार प्रसार गर्नसके नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताएका छन् । अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रर्दशनी अवलोकनपछि उनले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्य र सांस्कृतिक धरोहरहरूको पर्याप्त प्रचारप्रसार…