काठमाडौं । राजधानीमा जारी महिला टी-२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो । जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु वर्माले…