काठमाडौं । क्रियाशील सदस्यताको विवादले सत्तासीन कांग्रेस केन्द्रीय कार्यालय धर्नास्थल बनेको महिनाभन्दा बढी भयो । दिनैपिच्छे कार्यालय परिसरदेखि गेटसम्म धर्नाकारी र कार्यकर्ताको भीडभाड छ । जिम्मेवार नेताहरू पनि पार्टी कार्यालय पुग्छन् । धर्नाकारीका मागप्रति ऐक्यबद्धता जनाउँछन् । यो दृश्यले कोरोना महामारीको खिल्ली उडाएझै लाग्छ । कांग्रेस मात्र होइन, चरम आन्तरिक विवादमा फसेको एमालेमा त झन्…