१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

यादवको भण्डाफोर गर्न ठाकुर-महतो मधेस दौडमा



काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला-जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर-महतो पक्षको छ ।

सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत गर्यो । जहाँ ठाकुर-महतो पक्षका शीर्ष नेताले सम्बोधन गरेका छन् । निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर-महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न’ भन्दै जिल्ला दौडाहामा लागेका हुन् ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बारा, सप्तरी, सिराहा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ । बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गरेका छन् ।

सप्तरीमा वरिष्ठ नेता महतो, केशव झा, बृषेशचन्द्र लाल र राजिव झा, सिराहामा अनिल झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राईन तथा महोत्तरीमा अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले बिशेष सम्बोधन गरेका छन् ।

बारा, सप्तरी, सिराहा र महोत्तरीको कार्यक्रम सम्पन्न भएसँगै शीर्ष नेता मधेसका अन्य जिल्लामा विस्तारित बैठक, विशेष सम्बोधनसहित संगठन निर्माण गर्दै अघि बढ्ने कार्यक्रम रहेको झाले जानकारी दिए । जिल्ला कार्यक्रममा सम्बोधन गर्ने नेताले अध्यक्ष यादवविरुद्ध आक्रमक अभिव्यक्ति दिएका छन् । याे समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ०७ बजे

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस

जनकपुरलाई काठमाडौंले दियो ११६ रनको लक्ष्य, राहुल यादवले लिए चार विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक