काठमाडौं । संसद् विघटनसम्बन्धी सुनावाइमा सरकार पक्षबाट बहस गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले राजनीतिक दलबाट निर्वाचित सांसदले अर्को पार्टीलाई व्यक्तिगत समर्थन गर्न नमिल्ने तर्क गरेका छन् । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूले दलीय व्यवस्था मान्दैनौं भन्न नमिल्ने बताएका छन् । पाण्डेले संविधानको ७६ को उपधारा ५ अनुसार पनि दलीय ह्विप लाग्ने बताए । उनले दलको अनुशासनबाहिर…