२३ भदौ २०८३, मंगलबार | September 8, 2026

अनलाइन शिक्षाले बालबालिकाको आँखामा समस्या



काठमाडौं । अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको समस्या आउने बताए। उनले भने, “अहिले धेरै बालबालिकाको ‘स्क्रिन टाइम’ बढिरहेको छ जसका कारण आँखामा धेरै समस्या देखापरिसकेको छ ।”

विशेषज्ञका अनुसार मोबाइल, कम्प्युटर, ल्यापटपमा लामो समयसम्म अध्ययन गर्दा आँखालाई आराम गर्ने समय हुँदैन र यस्ता स्क्रिनले हानिकारक किरण फाल्ने हुँदा बालबालिकाको आँखामा समस्या उत्पन्न हुन्छ ।

उनले आँखाभित्र आँसुलगायतको तरल पदार्थ सुक्दै जाने, सुक्खा हुने, पोल्ने, रातो हुने वा टाउको दुःख्ने समस्या आउने जानकारी दिए।

बालबालिकाले धेरै समय स्क्रिन सामु बिताउँदा आँखा झिम्काउने पनि कम हुन्छ र त्यसले आँखा चिलाउने, पोल्ने समस्या हुनसक्छ । चिकित्सक डा. भट्टराईका अनुसार एक मिनेटमा १० देखि १२ पटक आँखा झिम्काउनुपर्छ । उनले सुझाव दिए, “२० मिनेट हेरेर २० सेकेन्ड आँखालाई आराम दिनुपर्दछ ।” मायोपिया भन्ने दृष्टिदोष देखिन सक्ने उनको भनाइ छ ।

अहिले धेरै बालबालिका घरमै ग्याजेट्ससँग बिताइरहेकाले आगामी दिनमा मायोपियाको समस्या झनै बढ्ने सम्भावना छ । मायोपियाको समस्या हुँदा बालबालिकालाई आँखा खुम्च्याएर हेर्ने, टाउको दुःख्ने, टाढाको वस्तु हेर्न गाह्रो हुन्छ ।

बाल आँखा विशेषज्ञ प्रा. डा. सविना श्रेष्ठले बालबालिकाको आँखालाई हरेक छ महिनादेखि एक वर्षभित्र जचाइराख्नुपर्ने सुझाव दिए। घरभित्रै अनेक थरिका ग्याजेटमा समय बिताउन बाध्य हुँदा आँखामा दबाब पर्न सक्ने बताउँदै उनले सामुदायिकका भन्दा निजी विद्यालयका विद्यार्थीमा आँखाको समस्या बढी देखिएको बताए ।

अहिलेको अवस्थामा अनलाइन कक्षा नलिनू भन्न नमिल्ने बताउँदै डा. श्रेष्ठले थपे, “अनलाइन कक्षा नलिँदा शैक्षिक सत्र नै खेर जाने खतरा हुन्छ । त्यसैले कक्षा हुँदा कम्प्युटरमा बसे पनि त्यसपछिको समयमा विद्यार्थीलाई स्क्रिनबाट टाढा राख्नुपर्छ ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ११ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार