काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता भएको दरबारमार्गस्थित जग्गा गैरकानूनी रूपमा लिजमा दिएको अभियोगमा पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार चितवनको भरतपुर महानगरपालिका-१५ (साविक श्रीपुर-२) निवासी कार्कीलाई शुक्रबार पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ ।…