कञ्चनपुर । कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणीमा शनिबार बिहान ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा कृष्णपुर नगरपालिका–२ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ । घाइते अवस्थामै उद्धार गरिएका बोहराको वाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।…