नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन भग्नावशेष तथा चक्राकार सहर भेटिएको छ । उत्खननमा कोलिय गणराज्यका विभिन्न सहरबारे महत्वपूर्ण तथ्य भेटिएको पुरातत्व विभाग, पुरातत्व शाखा प्रमुख पुरातत्वविद्ध भाष्कर ज्ञवालीले बताए । उनले भने, “आर्थिक वर्ष २०७५/७६ मा गरिएको भू–भौतिक अध्ययनका क्रममा देखिएका भग्नावशेष पुष्टी गर्नका लागि हालै एक महिनासम्म उत्खनन तथा…