दाङ । तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र १९ क्षेत्रमा पर्ने दुवै वडावासीको संयुक्त प्रयासमा माछा संरक्षण गर्न अभियान थालिएको हो । तुलसीपुर-४ निवासी जितबहादुर थापाको नेतृत्वमा समिति निर्माण गरी माछा संरक्षण थालिएको हो । बर्षातको समयमा ढरिया हालेर माछा मार्दा साना माछाका भुराहरू हराउने…