७ पुस २०८२, सोमबार | December 23, 2025

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताएका छन् । उक्त विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उनले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नु परेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिए ।…