६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै



नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम पुगेपछि १६औं शृङ्खलामा बाँकेमा आम औषधि सेवन कार्यक्रम संचालन गरिने भएको छ । बाँकेका तीन पालिका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६औं शृङ्खलाको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम संचालन गरिन लागिएको हो ।

नेपालगन्जमा आज आयोजित संचारकर्मीहरुसंगको छलफल कार्यक्रममा एकै पटक कम्तिमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव नहुने भएका कारण हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम जारी राखिएको जानकारी दिइयो । छलफल कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत राम कुमार महतोले हात्तीपाइले रोगको जोखिम र औषधि सेवनको महत्व र आवश्यकताबारे प्रस्तुतिकरण गर्दै एकै पटक कम्तिमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव नहुने जनाउँदै बाँकेका लक्षित पालिकामा त्यो मापदण्ड अझै पूरा हुन नसकेको बताए । स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा पछिल्लोपटक गरिएको सर्वेक्षणमा केवल ६२ प्रतिशत मानिसले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहुने बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दलगायतले सबैले दृढ संकल्पका साथ यो अभियानमा प्रतिबद्ध भई हातेमालो गरेमा सफलता हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुलाई पनि औषधि सेवन गराइएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १० : २२ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका