२९ माघ २०८२, बिहिबार | February 12, 2026

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ । गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गाएर जाग्राम बसेका भक्तजनहरुले बिहान कालीगण्डकी नदीमा स्नान गरेर शतबीज छर्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।…