धनुषा । तराई-मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन, “खेतीपातीको काम त बिहान-बेलुका गर्छौँ । विगतमा भन्दा यो…