१४ पुस २०८२, सोमबार | December 29, 2025

१९८ जना नेपाली विद्यार्थीलाई ‘एम्बेसेडर अफ पाकिस्तान’ छात्रवृत्ति प्रदान

काठमाडौं । पाकिस्तानी राजदूतावासले १९८ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज दूतावासले काठमाडौंमा ११औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गर्दै नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १९८ नेपाली विद्यार्थीलाई “एम्बेसेडर अफ पाकिस्तान छात्रवृत्ति” प्रदान गरेका छन् । दूतावासले देशभरका सरकारी विद्यालयबाट छानिएका उत्तम विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैआएको छ…