१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

संसदमा चन्द्र भण्डारी – मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गरियोस



काठमाडौं । आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले आफ्नो उपचारमा सहयोग गरेकोमा सम्मान व्यक्त गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् ।

गत ३ पुसमा भएको एलपी ग्यास विस्फोटबा भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् ।

‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्,’ उनले संसदमा भने ।

सो घटनापछि सरकारले भण्डारीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । उनले आफूलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गर्न आग्रह गरेका हुन् ।

आफूले व्यहोरेका घटनाबाट गत वर्ष ११० जनाले मृत्युवरण गरेका र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँगाउँमा पुगेको विजुली र ग्याँस प्रयोगबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताए । नेपालमा दक्ष चिकित्सक धेरै रहेका जानकारी गराउँदै उनले क्षमता भएकाले अवसर नपाएको बबताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ३ : ३५ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि