१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संसदमा चन्द्र भण्डारी – मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गरियोस



काठमाडौं । आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले आफ्नो उपचारमा सहयोग गरेकोमा सम्मान व्यक्त गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् ।

गत ३ पुसमा भएको एलपी ग्यास विस्फोटबा भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् ।

‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्,’ उनले संसदमा भने ।

सो घटनापछि सरकारले भण्डारीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । उनले आफूलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गर्न आग्रह गरेका हुन् ।

आफूले व्यहोरेका घटनाबाट गत वर्ष ११० जनाले मृत्युवरण गरेका र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँगाउँमा पुगेको विजुली र ग्याँस प्रयोगबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताए । नेपालमा दक्ष चिकित्सक धेरै रहेका जानकारी गराउँदै उनले क्षमता भएकाले अवसर नपाएको बबताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ३ : ३५ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता