६ पुस २०८२, आइतबार | December 22, 2025

असिनाले बाली नष्ट : किसान चिन्तित

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली…