३० भदौ २०८३, मंगलबार | September 16, 2026

चिनियाँ राष्ट्रपति सी चिङफिङ तीन दिने भ्रमणका लागि मस्को पुग्दै



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिङफिङ सोमबार रुसको राजधानी मस्को पुग्दैछन् ।

रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी रुसको भ्रमणमा निस्कन लागेका हुन् । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ ।

रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनिया राष्ट्रपति सी तीन दिने राजकीय भ्रमणका लागि आज मस्को पुग्न लागेका हुन्।

भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जारी युद्दका बारेमा कुराकानीसहित बिभिन्न सम्झौता हुने बताइएको छ। परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोधसमेत गरिरहेको छ । तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : २४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज