म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता प्रकाश माविले जितेको छ । प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक प्राप्त गर्दै प्रकाश माविले उपाधि चुमेको हो । उपाधि विजेता प्रकाश माविलाई रु ५१ हजार, रनिङ शिल्ड र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । यस्तै…