वासिंगटन । अमेरिकी नौसेनामा सेवारत दुई सदस्यलाई चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ । अमेरिकन न्याय विभागले बिहीबार सो जानकारी दिएको हो । यी दुईले बेइजिङलाई गोप्य सूचना बेचेको आशंका गरिएको छ, जसमा युद्धपोतहरू र तिनीहरूको हतियार प्रणालीका लागि म्यानुअलहरूका साथै साथै राडार प्रणालीहरूको खाका र ठूलो अमेरिकी सैन्य अभ्यासको योजनाहरू समावेश रहेका…