१४ पुस २०८२, सोमबार | December 29, 2025

भारतको उत्तरकाशी क्षेत्रमा गएको पहिरोमा बेपत्ता बर्दियाका तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

बर्दिया । भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएका बर्दियाका तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाई अन्त्येष्टि गरिएको बर्दिया मधुवन नगरपालिका—६ बुद्धनगरका चुडामणि खड्काले जानकारी दिए । खड्काका ३७ वर्षीय छोरा नरेन्द्र खड्का,…