२२ भदौ २०८३, सोमबार | September 7, 2026

जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सको उत्कृष्ट सुरुआत



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले उत्कृष्ट सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले पावर प्लेका ६ ओभरमै कुनै विकेट नखोसी ४५ रनको बलियो आधार तयार गरेको हो ।

पोखराका ओपनर दिनेश खरेल २७ रनमा तथा उनका साथी एडम रोसिङ्टन १८ रनमा क्रिजमा उभिइरहेका छन् । दुवै खेलाडीले संयमित तर आक्रमक ब्याटिङ गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका छन् ।

दुवै टिमका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ, किनकि जनकपुर र पोखरा दुबै टोलीले यसअघि सिजनका खेलहरूमा एकपटक पनि जित निकाल्न सकेका छैनन् ।

जनकपुर बोल्ट्सले पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग ५ विकेटले तथा दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजय बेहोरेको थियो । उता पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले हार व्यहोरेको थियो ।

आफ्ना अघिल्ला हारलाई भुलेर दुवै टिम आज पहिलो जितका लागि संघर्ष गरिरहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : ३२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा