काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १-० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन साँत मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो । स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठिन जित निकाल्न…